BBC News, नेपाली - होमपेज
मुख्य समाचार
जनसङ्ख्या बढी छ तर मतदाता सूचीमा किन कम छन् महिला
नेपालको कुल जनसङ्ख्यामा ५१.१% महिला भए पनि फागुन २१ गते हुने निर्वाचनका निम्ति योग्यता पुगेका मतदातामध्ये केवल ४८.८% महिला छन्।
विश्वकप क्रिकेट पछ्याउँदै मुम्बईको माहौलमा रातो-नीलो जर्सी
शनिवार हुने पहिलो खेलमा वाङ्खेडे रङ्गशाला नीलो जर्सी लगाएका भारतीय समर्थकले भरिँदा त्यहीँ रातो-नीलो जर्सीधारी नेपाली समर्थकहरूको पनि उपस्थिति रहनेछ।
इरानसँग व्यापार गर्ने देशमाथि अतिरिक्त 'ट्यारिफ'को चेतावनीयुक्त कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
उक्त आदेशमा ट्यारिफको निश्चित दर तोकिएको छैन तर उदाहरणका रूपमा २५% उल्लेख गरिएको छ।
पकाउनुअघि कुखुराको मासुलाई पखाल्न पर्छ कि पर्दैन? सोशल मिडियामा भइरहेको प्रश्न
खाद्य सुरक्षा विशेषज्ञहरू पकाउनुअघि कुखुराको मासु पखाल्दा सङ्क्रमणको जोखिम बढ्ने बताउँछन् तर धेरैले यसलाई भान्साको अनिवार्य अभ्यासका रूपमा लिन्छन्।
सुनिता विलियम्स: अन्तरिक्षमा बिताएको नौ महिनाले पृथ्वीबारे मलाई के सिकायो
सुनिता विलियम्सले कसरी अन्तरिक्षले द्वन्द्व र मानवताबारेको उनको दृष्टिकोणलाई नयाँ बनायो भन्नेबारे बीबीसीलाई बताएकी छन्।
बालेनजस्तै प्रधानमन्त्रीका अन्य दाबेदारहरू देश दौडाहा नगर्नुका कारण
निर्वाचन आयोगले फागुन ४ गतेअघि चुनावी सभा र घरदैलोमा रोक लगाएका कारण अरू दलका नेताहरूले चुनावी कार्यक्रमको तयारी गरिरहँदा बालेन पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म घुमेर दोस्रो पटक आफ्नो चुनावी क्षेत्र झापा पुगिसके।
चुनावको मुखमा 'कारबाहीको सिफारिससहित' जेन जी आन्दोलनबारे दुइटा आयोगका प्रतिवेदन आउने
भदौमा भएको जेन जी आन्दोलनका बेला भएका घटनाबारे कारबाहीको सिफारिससहित राष्ट्रिय मानवाधिकार आयोग र सरकारद्वारा गठित जाँचबुझ आयोगका छुट्टाछुट्टै प्रतिवेदन सरकारलाई बुझाइने सम्बद्ध अधिकारीहरूले बताएका छन्।
नेपाल निर्वाचन २०८२
'मतदाता परिचयपत्रमा पति-पत्नीको नाम फरक पर्यो, के गर्ने?': आयोगको कल सेन्टरमा सोधिने अरू प्रश्न कस्ता
चुनावसम्बन्धी कुनै पनि जिज्ञासा वा प्रश्न भएमा निःशुल्क टोल फ्री नम्बर ११०२ मा सबैले फोन गर्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ।
के उम्मेदवारले अहिले नै घरदैलो कार्यक्रम गर्न पाउँछन्?
निर्वाचन आयोगका अनुसार चुनाव हुनुभन्दा १७ दिन अघि वा फागुन ४ गतेबाट मात्रै उम्मेदवारहरूले प्रचार प्रसारका तीन गतिविधि गर्न पाउँछन्।
हिमाली भेगको मौसमबारे सोधखोज, के चुनावको मिति सार्न लागिएको हो
प्रधानमन्त्री सुशीला कार्कीले कुनै स्थानमा मतदान प्रभावित भए आयोगले अर्को मिति तोक्ने बताएकै बेला आयोगले जल तथा मौसम विज्ञान विभागसँग सम्भावित मौसमी विपत्तिबारे जानकारी मागेको छ। यसले हिमाली क्षेत्रमा अर्को चरणमा चुनाव गर्न लागिएको हो कि भन्ने चासो बढेको छ।
स्थानीय भाषा बोल्दै र पोसाक लगाउँदैमा के चुनाव जित्न सहयोग पुग्छ
स्थानीय समस्या बुझ्न र सम्पर्कका लागि त्यो क्षेत्रमा बोलिने भाषा बुझ्नु र सिक्नु राम्रो भए पनि त्यसरी निर्वाचित भएर जाने जनप्रतिनिधिले त्यहाँको वास्तविक प्रतिनिधित्व कति गर्छन्?
नयाँ सांसदका लागि नयाँ बैठकस्थल तयार पारिँदै
संसद् बैठकका लागि नयाँ ठाउँ खोजिरहेको संसद् सचिवालयलाई सरकारले अबको एक महिनालगत्तै नयाँ हल तयार गर्ने वाचा गरेको अधिकारीहरूले बताएका छन्।
रोचक भिडिओ
अनि यो पनि
ग्वाटेमालाको ७२ वर्ष पुरानो कथाले ग्रीनल्यान्ड र भेनेजुएलासम्बन्धी ट्रम्पको नीतिबारे गरेको खुलासा
के सन् १९५० को दशकमा ग्वाटेमालामा आफ्नो केरा बगान गुमाउने अमेरिकी कम्पनीको डरले राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक विस्तारवादी नीतिहरूको व्याख्या गर्न सक्छ?
अमेरिकामा नेपालीको भिसा र ग्रीनकार्ड रद्द हुन सक्ने चेतावनीपछाडिका दुई कारण
वाशिङ्टन डीसीस्थित कार्यवाहक नेपाली राजदूतले नेपालीहरूलाई भिसा प्राप्ति थप कठिन नहोस् भन्नका लागि अमेरिकामा रहेका नेपाली आप्रवासीहरूलाई गैरकानुनी ढङ्गले कुनै सुविधा नलिन र भिसाको दुरुपयोग नगर्न ध्यानाकर्षण गरेको बताएका छन्।
भिडिओ, इरानीहरू आन्दोलनकारीको अन्तिम संस्कारमा किन नाच्छन्, समयावधि 0,50
ह्यूमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीका अनुसार इरानमा भएका विरोधप्रदर्शनमा अहिलेसम्म झन्डै ७,००० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
म्यान्मारमा १८ नेपालीलाई जेल सजाय, 'विगतभन्दा फरक व्यवहार' भएपछि 'अर्थ' केलाउँदै सरकार
म्यान्मारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेका अनुसार त्यहाँको सरकारले १८ नेपालीहरूलाई एक वर्षको सजाय सुनाइएको जानकारी नेपाली पक्षलाई चार दिनअगाडि दिएको छ।
विवाहको उल्लासमा वज्रपात: कसरी भयो बस दुर्घटना, ज्यान गुमाउनेहरू को हुन्
बिहेपछि जन्तीसहित बझाङ फर्किँदै गरेको एउटा बस बिहीवार साँझ बैतडी जिल्लाको पुर्चौडीमा सडकबाट तल खसेपछि कम्ती १३ जनाले मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
थप समाचार
बीबीसी विशेष
विज्ञान तथा प्रविधि
भिडिओ, पासो थापेर सिकार गर्ने माकुरामा फेला परेको नयाँ प्रजातिको 'जोम्बी फङ्गस' किन महत्त्वपूर्ण, समयावधि 1,08
पासो थापेर अरू कीराफट्याङ्ग्राको सिकार गर्ने माकुराको शरीरमा फेला परेको यो ढुसीलाई लन्डनस्थित क्यू गार्डन्सले सन् २०२५ मा पत्ता लागेका नयाँ प्रजातिहरूमध्ये शीर्ष १० को सूचीमा राखेको छ।
'सुत्ने सैनिक विधि'ले तपाइँ दुई मिनेटमा निदाउन सक्नु हुन्छ?
दुई मिनेटमै निदाउन सैनिकहरूले अपनाउने दाबी गरिएको 'मिलिट्री स्लिप मेथड'ले के तपाइँको निद्रामा पनि सहयोग पुर्याउन सक्छ?
'विश्वभरि फैलिन सक्छन्' गुप्ताङ्गमा आक्रमण गर्ने परजीवि
एउटा नयाँ अनुसन्धानले म्युटेन्ट 'हाइब्रिड' परजीवीहरूले गुप्ताङ्गमा आक्रमण गर्ने रोगलाई संसारभरि फैलाउन मद्दत गर्न सक्ने खुलासा गरेको छ।
भिडिओ, गाईले औजार प्रयोग गरेको देखेपछि वैज्ञानिकहरू चकित, समयावधि 1,18
अस्ट्रियामा एउटा घरपालुवा गाईले जीउ चिलाएको स्थानमा कन्याउन कुचोको प्रयोग गरेको देखेपछि वैज्ञानिकहरूले गाईहरूको सङ्ज्ञानात्मक क्षमताबारे अध्ययन थालेका छन्।
मान्छे पृथ्वीको कति गहिराइसम्म पुगेको छ?
मान्छेहरूले पृथ्वीको भित्री भागसम्म पुग्न धेरै प्रयत्न गरेका छन्- त्यहाँभित्र के छ?





















































